गृहपृष्ठ जयपृथ्वी राजमार्ग अवरुद्ध
जयपृथ्वी राजमार्ग अवरुद्ध
लगातारको वर्षाले सडकमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यातायातका साधन बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।
(रासस)
प्रकाशित समय : १७:२३ बजे



















