गृहपृष्ठ नेपाली राजनीतिमा युवा आरक्षण
नेपाली राजनीतिमा युवा आरक्षण
हरेक नीतिको मूल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ तर यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मूल संगठनमा युवाहरुको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शून्य छ भन्दा खासै आपत्ति नहोला । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा नेतृत्वदायी सक्रिय सहभागितादेखि बलिदानीमा समेत युवाशक्तिले परिवर्तनको मूल संवाहकका रुपमा आफ्नो भूमिका अग्रपंक्तिमा दर्ज गराएका छन् तर परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाइन्छ । चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, विकास र समृद्धि जेसुकैको नाममा किन नहोस् ।
वर्तमान समयमा नेपालमा आरक्षण शब्दसँग नै एलर्जी हुने विद्वान, सामन्ती र शोषक मित्रहरुलाई भन्नु खासै केही छैन तर ुकाम गर्ने कालु मकै खाने भालुु भन्या जस्तै राष्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिमायती, जोस र जाँगरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अंगाल्न सक्ने र भविष्यलाई नयाँ सोच र कार्यदिशा प्रदान गर्न सक्ने देशको अग्रगमनका लागि कुल क्रियाशील जनसंख्याको लगभग ८५ प्रतिशतभन्दा बढी रहेको उर्वर युवाशक्तिलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा नल्याई उज्ज्वल भविष्यको परिकल्पना गर्नु मुस्किलमात्र होइन, असम्भव नै देखिन्छ ।
नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी र जनवर्गीय संगठनको रुपमा युवाको प्रयोग र विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट नियाल्दा गर्दा राज्यको उच्च ओहदामा रहेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, सांसद जस्ता गरिमामय, जिम्मेवार, अधिकार सम्पन्न, अर्थपूर्ण र प्रभावशाली क्रियाशील पदहरुमा युवालाई खुलेआम घोषितरुपमा नै निषेध गरेको तितो यथार्थ हामीसामु छरपस्ट नै छ । पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा झिनो युवाको सहभागितामा भएको अभिवृद्धिको मुख्य कारण विभिन्न आन्दोलनहरुको माग, चर्को जनदबाब, युवाको सोच र कार्यशैलीप्रतिको बढ्दो लोकप्रियता र जनविश्वास र पार्टीहरुको संगठन निर्माणमा भएको विवशतालाई सकारात्मक सुरुवातको रुपमा भने लिन सकिन्छ तर यसबाट सन्तुष्ट भने कदापी हुन मिल्दैन ।
किनभने, २१औं शताब्दीको विश्वप्रसिद्ध व्यक्तित्वहरुको जन्म पाँचौं शताब्दीमा भएको भए यही स्तरको अविस्का र रपरिवर्तन गर्न असक्षम हुन्थे होला ठीक त्यसैअनुसार आजका युवा आफ्ना अग्रजहरुको औंला समातेर हिँड्न सिकेका कारण उहाँहरुमा रहेका विद्यमान गुण, विशेषता, कार्यकुशलता, अतीतका अनुभव, सोच र चिन्तनका बारेमा जानकार भइसकेका छन् ।
नेपाली राजनीतिमा युवा आरक्षणको आवश्यकता महसुस हुनुको मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच र अभ्यासको फलस्वरुप उत्पन्न वास्तविक सामाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ । किनभने, हाम्रो परम्परागत सोचको अभ्यास भएको समाजमा युवालाई एउटा अदक्ष, कमसल, पिछलग्गु, अपरिपक्व, होस नभएको जस्तो संज्ञा दिई युवामा त्रास र चिन्ता पैदा गरी युवाको चिन्तन, शक्ति र सामर्थ्यलाई मोनोपोलाइजेसन गरी संकुचित र कमजोर बनाइन्छ ।
तर, वास्तविकतामा त्यसको ठीकविपरीत केही अपवादबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्नो जीवनको उद्देश्यको सोच युवा अवस्थामा नै तय गरेको तथा केही प्रतिकूल अवस्थाका बाबजुद पनि नयाँपनाको प्रयोग गरी केही युवा उदहारणीय कार्यबाट विश्वलाई चकित तुल्याउन सफल भएका छन् भने केही युवा समाजको मोनोपोलाइजसन, साथ(सहयोग(सदभाव र विश्वासको कमीले गर्दा पछिलो समयसम्मको निरन्तरताले आफूलाई बुढेसकालमा सही सावित गर्ने सफल भएका छन् भने केही युवा पूर्णरुपमा मोनोपोलाइजेसनमा परी आफ्नो नवीन सोच र सामर्थ्यको भ्रुण हत्या गर्न बाध्य भएको अतितलाई समाजले खासै लेखाजोखा राख्ने नगरेको कुण्ठित यथार्थ हामीसामु छ ।
उदाहरणका लागि हाल नेपाललगायत विश्वका केही अवसर पाएका वास्तविक युवा नेता र उद्यमीलाई मात्र लिए पनि तिनीहरुले आफ्नो कार्यप्रतिको लगाव, इमानदारी, राष्ट्रप्रेम, सहअस्तित्व, सदाचार र सदभाव, आधुनिकीकरणको प्रयोग, आफ्नो सोचमा आफ्नै नेतृत्वदायी भूमिकाको अवसर र नयाँपनको कारण युवा उमेरमै उदहारणीय रुपमा स्थापित हुन सफल भएका छन् । जस्तैः गगन थापा ९नेपाली कांग्रेस०, प्रभु साह ९नेकपा०, राजकिशोर यादव ९राजपा०, गोकर्ण विष्ट ९नेकपा०, मार्क जकरबर्ग ९फेसबुक०, स्टिभ जभ्स ९एप्पल० आदि इत्यादि ।
यसो भन्दै गर्दा वृद्धहरुको योगदानलाई भने अवमूल्यन गर्न मिल्दैन किनभने आजको कुनै पनि आविस्कार र उपलब्धि विगतको सञ्चित उपलब्धिमाथिको एउटा अतिरिक्त उपलब्धि हो ।
किनभने, २१औं शताब्दीको विश्वप्रसिद्ध व्यक्तित्वहरुको जन्म पाँचौं शताब्दीमा भएको भए यही स्तरको अविस्का र रपरिवर्तन गर्न असक्षम हुन्थे होला ठीक त्यसैअनुसार आजका युवा आफ्ना अग्रजहरुको औंला समातेर हिँड्न सिकेका कारण उहाँहरुमा रहेका विद्यमान गुण(विशेषता, कार्यकुशलता, अतीतका अनुभव, सोच र चिन्तनका बारेमा जानकार भइसकेका छन् । थप नयाँपना तथा आधुनिकीकरणसँगको अभ्यासबीचको अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्नसक्ने क्षमता र विचारको भण्डारको रुपमा नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामर्थ्यको यथोचित सदुपयोग गर्न सकिन्छ ।
नेपाली राजनीतिलाई थप कार्यक्रममुखी ९क्रियाशील० बनाउनका लागि, युवाजमातलाई अपनत्व महसुस गराउनका निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनसमेत यसको अपरिहार्यता छ । किनभने, राजनीतिकमा युवाहरुको आधुनिकीकरणको प्रयोग जस्तैः अंक गणितीय, तथ्यांक शास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरुको प्रयोगले केही हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिकप्रतिको सामाजिक मोह र आदर्शलाई माथि उठाउनका लागि समेत यसको आवश्यकता देखिन्छ । वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्यनजर गर्ने हो भने राजनीतिक रुपमा मोनोपोलाइज र संकुचनमा परेका, आर्थिक रुपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंका, घृणित खेलको रुपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र चलेको चलन जस्ता आधारभूत कारणले गर्दा आमयुवालाई बिनाआरक्षण राजनीतिमा न्यायोचित सहभागिता केही वर्षसम्मका लागि लगभग असम्भव नै देखिन्छ ।
त्यसकारण, आज र अहिलेबाट यस पुनित कार्यमा तपाईं हामी लगायत देशको सम्पूर्ण राजनीतिक दल र व्यक्ति, निर्वाचन आयोग, विभिन्न संघ(संस्था, बुद्धिजीवी, नागरिक समाज, पत्रकारलगायतका सरोकारवाला सम्पूर्णले व्यक्ति तथा निकायहरुले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा इमानदारीपूर्वक खुलेर बहस प्रारम्भ गरी यसको न्यायोचित, व्यावहारिक एवं वैज्ञानिक प्रयोगमाथि जोड दिने बेला भएको छ । किनभने, मुख्यतः वृद्धको अनुभव र युवाको आंकलन तथा वृद्धको होश र युवाको जोसबीचको शक्ति सन्तुलनका लागि समेत वर्तमान राजनीतिमा युवाको उच्च नेतृत्व र निर्णय शक्तिकेन्द्रमा पहुँच आवश्यक देखिन्छ ।
cb2049@gmail.com
ईश्वरपुर-२, सर्लाही (हाल काठमाडौं)
प्रकाशित समय : १८:०५ बजे



















