global ime bank Long Banner Ad

गृहपृष्ठ भारतका कारण नेपाली युवा कृषिमा निर्भर हुन सकेनन् : माधव ढुंगेल

भारतका कारण नेपाली युवा कृषिमा निर्भर हुन सकेनन् : माधव ढुंगेल

भारतका कारण नेपाली युवा कृषिमा निर्भर हुन सकेनन् : माधव ढुंगेल

 

माधव ढुंगेल राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुन् । रामेछापमा जन्मिएका ढुंगेल तत्कालीन एमाले निकट विद्यर्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् । ‘परिवर्तित समाजमा नेपालको समाजवादी शिक्षा’ विषयमा विद्यावारिधी गर्दै गरेका ढुंगेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । आइतबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा भने ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । सोही अवसर पारेर ढुंगेलसँग न्युज कारोबारका सञ्जय श्रेष्ठले नेपालमा युवाहरुको अवस्था, समस्या, चुनौती र समाधानका विषयमा गरेको कुराकानी :

 

नेपालमा युवाहरुको अहिलेको अवस्था कस्तो छ ?
नेपालमा अहिले युवाहरुको अवस्थामा परिवर्तन भएको छ । युवाहरु विदेशिने क्रम घट्दो क्रममा छ । अहिले विदेश जाने युवाहरु ५ लाख बाट घटेर तीन लाखको हाराहारीमा आएको छ । दुई बर्ष अगाडी अध्ययनको लागि विदेशिनेको सख्या २६ हजारको हाराहारीमा थियो । अहिले २८ हजारको हाराहारीमा पुगेको छ । यो अली बढी छ । शिक्षाको अवस्थामा ११–१२ सम्म पढ्नेको संख्या ४ लाख ९२ हजार ९ सय ८४ रहेको छ । यसमा पहिले पुरुष र महिलाकोबीचमा ठुलो फरक थियो, अहिले यो फरक धेरै कम भएको छ । यसरी हेर्दा समाजमा अहिले ठूलो रुपान्तरण भएको मान्न सकिन्छ । स्थानीय तहमा पनि युवाहरुको राम्रो सहभागीता छ । प्रदेश सभा र प्रतिनिधि सभामा पनि युवाहरुको बढेको छ । तर रोजगारीको हिसाबमा युवाको अवस्था निराशाजनक छ । जति मात्रामा हुनु पर्ने हो त्यो भएको छैन । ठुलो चुनौती भनेको नै रोजगार हो । अर्को १९ बर्ष भन्दा कम उमेरमा ६५ लाख भन्दा धेरै युवाले विवाह गर्छन यो पनि चुनौतीको रुपमा रहेको छ । पछिल्ला वर्ष केही आशाजनक परिवर्तन देखिए पनि चित्त बुझाउने अवस्था छैन । समृद्ध नेपाल र खुसी र सुखी नेपाल निर्माण गर्न हामी सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।

राष्ट्रिय युवा परिषद्ले नेपाली युवाहरुमा के परिवर्तन ल्यायो ?
नेपालमा युवाहरुमा आएको परिवर्तनमा राष्ट्रिय युवा परिषद्को भुमिका महत्वपूर्ण छ । युवाले युवाहरुको आफ्नो छुट्टै संस्था पाए । युवाले युवाको प्रत्येक गतिविधिका लागि संस्था मार्फत काम गर्ने अवसर पाएका छन् । ७५ वटा जिल्लामा युवा परिषद्को शाखा मार्फत सम्पूर्ण सरकारी निकायहरुलाई झकझकाउने काम भएको छ । परिषद्बाट युवाले काउन्सिलिङ, तालिम र रोजगारका स्किम पाएका छन् । अशक्त, अपांग महिला युवाले पनि विभिन्न स्किम पाएका छन् । कृषिमा युवालाई आर्कषित गर्ने र उद्यमी बन्न लागि मन्त्रालयमार्फत युवाको लागि बजेट विनियोजन गर्ने काम भएको छ । शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने तथा विदेशबाट आएका युवाहरुलाई १० लाख सम्म ऋण दिने कुरा सरकारले घोषणा गरेको छ । बिज्ञान र प्रविधिको क्षेत्रमा युवाहरुलाई विकास गर्ने स्किम ल्याएको छ । स्वास्थ्य क्षेत्रमा युवाहरुको स्वास्थ्य बिमाको कुरा ल्याएको छ ।

Madhav Dhungal newskarobar (4)

 

तर, युवा परिषद्को औचित्यमाथि प्रश्न उठ्ने गर्छ नी !
युवा परिषद्को औचित्ये मैले भन्दा पनि आम युवाले पुष्टि गर्ने कुरा हो । परिषद्को औचित्य पुष्टि भन्दा पनि यसको उपाध्यताको कुरा हो । परिद्ले युवाहरुको लागि अहोरात्र काम गरिररहेको छ । कुनै पनि युवाको समस्या समाधानमा कमि गरिएको छैन ।

परिषद्लाई नेकपाको युवा संघठन हो भन्ने आरोप लाग्छ नी !
मलाई लाग्छ, युवा परिषद्लाई नजिकबाट नहेरेका र हेर्न नचाहेकाहरुले गरेको तर्क हो । परिषद् राजनीतिक मुक्त युवाहरुको सरकारी संगठन हो । यहाँ सबै युवाहरुको प्रतिनिधित्व भएको छ । यहाँ तरुण दल, नेविसंघ, मधेसी युवासबैको सहभागिता छ ।

युवा परिषद्का युवाहरुले चुनावमा नेकपालाई राम्रै सहयोग गरे हाेइन ?
यो विषय व्यक्तिको स्वतन्त्रताको विषय हो । कुनै एउटा व्यक्तिले आफुलाई मन परेको राजनीतिक पार्टीलाई सहयोग गर्ने अधिकार उसलाई हुन्छ । यो कुनै सरोकार को विषय हो जस्तो मलाई लाग्दैन ।

कृषि क्षेत्रमा तथा आफ्नै उत्पादनमा युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा लाग्ने र केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले एक आपसमा मिलेर लागेमा हामी स्वविबेकले विकसित हुन सक्छौं । युवाहरुले आफ्नो प्रतिभा देखाउने वातावरण हुन्छ ।

तपाई युवा परिषद्को उपाध्यक्ष भएपछि पहिलो कार्यक्रम गृह जिल्ला रामेछापमा गर्नुभयो । त्यहाँ तपाईले युवाहरु श्रममा लगाएर मालिक बनाउँछौ भन्नु भएको थियो । अहिलेसम्म कति युवा मालिक भए ?
हो, मैले यो विषयमा भने तर समय छिटो सर्दैन । आम नेपाली युवाहरुको समस्याको समाधान र विकासको लागी नै युवा परिषद् गठन भएको हो । २ बर्षको समय भनेको केही पनि होइन । तर हामीले समाजमा केही तरङ्ग ल्याएका छौं । यो विषय कुनै भौतिक निर्माणको विषय जस्तो होइन । यो चेतना, सस्कार, संस्कृती र व्यक्तिको सोचमा गर्ने परिर्वतन हो । यो परिर्वतन एकै पटक तथा छोटो समयमा सम्भव हुदैन । यो मोटीभेसन गर्ने कुरा हो । हामीले गरेको अहिलेको कामको रिजल्ट अबको २ वर्ष पछि आउँछ । सरकारको अगुवाइमा युवाहरुको मोटीभेसन गर्नको लागी बनेको सरकारी निकाय हो । यो कुनै व्यक्ति तथा समुदाय या राजनीतिक दलको संस्था होइन । युवाहरुको परिर्वतनको अनुभव त अहिले पनि भएको छ । हामीले कृषि क्षेत्रमा व्यवसायीकरण गर्नको लागी सरकारी तवरबाट नीति निर्माण गर्न जरुरी छ । पहिलो बर्ष हामीले युवाहरुलाई उद्ययमको लागी ५ लाख रुपैया ऋण प्रदान गयौं । अब अर्को बर्ष एक सय ६५ वटा कार्यक्रम संचालन गर्दै छौं । अहिले सयौं युवाहरु परिषद्बाट ऋण लिएर स्वारोजगार बनेका छन् ।

युवाहरुलाई अहिलेसम्म राजीतिक भर्याङ बनाइयो । उनीहरुको शीप कलालाई सरकारले किन प्रयोग गर्न सकेन ?
पहिलो कुरा राजनीतिक अस्थिरता हो । ६ महिने ९ महिने सरकार बन्नु हो । सरकारमा गएका मन्त्रीहरुको कुनै भिजन तथा मिसन नहुनु, भए पनि प्रयोग गर्ने अवसर नपाउनुले गर्दा यस्तो समस्या भएको हो । अर्को जनता सचेत हुन नसक्नु पनि हो । यो परिर्वतन हुन समय लाग्छ । अहिले स्थायी सरकार बनेको छ । अब युवाको क्षमतालाई सरकारले प्रयोग गर्नुपर्छ ।

Madhav Dhungal newskarobar (2)

 

युवाहरुले विदेशबाट पठाएको रेमिट्यान्सबाट देश चलेको छ । सरकारले युवाहरुलाई प्रयोग गरेर देश समृद्धि र विकास गर्ने भनिरहेको छ । कसरी सम्भव छ ?
रेमिट्यान्सले ३९ प्रतिशत हिस्सा ओगटेको छ । तर पछिल्लो समय परिवतर्न आएको छ । अहिले युवाहरु विदेश सिप सिकेर गएका छन् । हामीले गर्ने भनेको कुनै पनि युवाहरुले दुख नपाउन भन्ने हो । विश्व सानो छ । विश्व भरीको मान्छेलाई नेपालमा ल्याउने र नेपालको युवाहरुलाई विश्व भर पु¥याउने हो । नेपाली युवाहरु जहाँ गए पनि दुख नपाउन्, नेपाललाई माया गरुन्, नेपालको विकासमा उनीहरुको पनि भूमिका रहुन्, विदेश जान रोक्ने छेक्ने होइन । उता कमाको पैसा यता आएर खर्च गर्ने वातावरणको

विकसित मुलुकमा युवाहरुले नेतृत्व गरेका छन् । नेपालमा तपाईहरु बृद्ध नेताको भ¥याङ बनेर काम गर्नुभएको छ । देशको यस्तो राजनीतिक अवस्थाले तपाईहरुको मन पोल्दैन ?
यो सपेक्षित कुरा हो । जहाँ लामो राजनीतिक संक्रमण हुन्छ । त्यहाँ नेपालको जस्तो अवस्था सृजना हुन्छ । अनि जहाँ राजनीतिक संक्रमण सकिन्छ, त्यस्तो देशमा युवाहरुको राजनीतिमा सहभागिता बढी हुन्छ । तपाई स्थानीय तहको चुनाव हेर्नुस, बिष वर्ष पछि भएको चुनावमा युवाहरुको उल्लेख्य रुपमा सहभागिता छ । चौध हजार भन्दा बढी युवाहरु नेतृत्वमा आए । नेपालको सर्दभमा युवाहरुको राजनीतिमा सहभागीता छ, नेतृत्व लेभलमा पनि सक्षम छ । लोकतन्त्रको विकास भयो भने र स्टमेटिक रुपमा विकास भएको खण्डमा युवा पुस्ता आफै अगाडी आउँछन् । अहिलेको नेतृत्वलाई दोष भन्दा पनि हामीले स्टिमलाई व्यवस्थित र नियमित गराउनु पर्छ । अबको १५ बर्ष भित्र नेपालमा पनि युवाहरुले नेतृत्व गर्छन ।

युवा नेताहरु स्वविवेकले विकसित हुन नसक्नुको कारण के हो ?
नेपालमा सबैभन्दा ठुलो समस्या युवा पुस्ताले आफुलाई विकास गर्न नसक्नुको पाछाडी कमजोर शिक्षा हो । नेपालका युवाहरुको प्रमाण पत्र बिक्दैन । अनुसन्धान मुलक ज्ञानको विकास छैन । रिर्सचहरु चोरीको हुन्छ । रिसर्ज चोरेकै वा किनेर प्रमाण पत्र लिएको हुन्छ । अनि विदेश पलायन हुने गर्दछन् । युवाहरुले आफ्नो प्रभाव जति देखाउनु पर्ने हो त्यो देखाउन सकेको छैन । यो समस्या युवाहरुको मात्र हैन । यसलाई सरकारी नीतिबाटै समाधानको बाटो खोज्नु पर्दछ । विदेशी उत्पादन बजारले हाम्रो देशको उत्पादनलाई हत्तोसाहित गर्न विभिन्न समस्या भएको छ । कृषि, पशुपालन तथा कुखुरा पालनमा विभिन्न समस्या भएको छ । हामीले कृषि क्षेत्रमा तथा आफ्नै उत्पादनमा युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा लाग्ने र केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले एक आपसमा मिलेर लागेमा हामी स्वविबेकले विकसित हुन सक्छौं । युवाहरुले आफ्नो प्रतिभा देखाउने वातावरण हुन्छ ।

तत्कालिन एमाले निकट विद्यार्थी संघठनको अध्यक्ष पनि हुनु भयो । त्यसले युवा परिषदमा काम गर्न कत्तिको सहज भएको छ ?
मैले हिजो विद्यार्थी संघठनमा सिकेका कुरा र भोगेका समस्याहरुले युवा परिषद्को नेतृत्व गर्न सहज बनाएको छ । हिजो मैले त्यहाँ भोगेका समस्यालेसचेत गराएको छ । युवाको क्षेत्रमा उठाएका एजेण्डालाई मैले अहिले आफै बसेर पुरा गर्ने अवसर पाएको छु । तमाम युवाहरुको समस्याहरु हिजोको मुद्दा आज कार्यान्वयनको चरणमा पु¥याउन आफैं लागेको छु ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु