global ime bank Long Banner Ad

गृहपृष्ठ कानुन नबनाई कर नलिन अर्थमन्त्रीको निर्देशन

कानुन नबनाई कर नलिन अर्थमन्त्रीको निर्देशन

कानुन नबनाई कर नलिन अर्थमन्त्रीको निर्देशन

 

अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन नबनाई कर असुली नगर्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सबै निकायलाई दोहोरो कर नलिन तथा क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्नसमेत निर्देशन दिए ।

पछिल्लो समय बढी कर लगाएको भन्दै सरकारको व्यापक आलोचना भएको छ । तर खतिवडाले भने संघीयता कार्यान्वन, लोककल्याणकारी राज्यको अवधारणा तथा सामाजिक न्याय अनुरुप कर लिने गरिएको दावी गरेका छन् ।

करको बोझले जनता आजित भएको भन्दै व्यापक आलोचना भइरहँदा खतिवडाले कर तिर्न नसक्नेलाई कर नलगाउँने प्रष्टिकरण दिए । संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहमा करको प्रावधान राखिएको स्पष्ट पारे ।

करको दुरुपयोग हुन नदिन सरकार सचेत रहेको बताएका अर्थमन्त्री खतिवडाले विकास निर्माण तथा सेवाका लागि सरकारले कर लिने गरेको उल्लेख गरे ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु