गृहपृष्ठ प्रतिनिधि सभा बैठकद्वारा राणाको निधनमा शोक प्रस्ताव पारित
प्रतिनिधि सभा बैठकद्वारा राणाको निधनमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आइतबारको बैठकले भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले राणाको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । राणा वि.सं. २०१५ को पहिलो आम निर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी नेपालको प्रथम संसदमा प्रमुख प्रतिपक्षी दलका नेता थिए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ ।
रासस
प्रकाशित समय : १९:५७ बजे



















