काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारको ‘रिपोर्ट कार्ड’ सार्वजनिक

17.39K
shares

 

सरकारले गठन भएको पाँच महिनामा कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ‘रिपोर्ट कार्ड’ जारी गर्दै प्रगति विवरण सार्वजनिक गरेको हो ।

७२ पृष्ठको रिपोर्ट कार्डमा सरकारको कार्यप्रगति विवरणमा सिन्डिकेटको अन्त्यदेखि सुन तस्करमाथि कारबाहीसम्म विषय समेटिएको छ । विकास निर्माणका काममा द्रुतता, औचित्यहीन विदेश भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्यलगायतका विषयलाई सरकारले रिर्पाेर्ट कार्डमा प्रमुखताका साथ उल्लेख गरेको छ ।

report-card-newskarobar

 

त्यस्तै सामाजिक सुरक्षा भत्तामा पारदर्शीता र राजदूत नियुक्तीमा मापदण्ड तय गरिएको विषयलाई पनि सरकारले मुख्य कामको सूचीमा राखेको छ । रिर्पाेट कार्डलाई सुशासनको लागि मानक थालनी भन्ने नारा दिईएको छ ।

सरकारले सुन तस्करहरूलाई कारबाही गरिएको भनेर रिपोर्ट कार्ड बाँढेको भए पनि बहुचर्चित ३३ किलो सुन तस्करीका नाइकेमाथि कारबाही हुन सकेको छैन । यस विषयमा सोमबारको संसद बैठकमा कांग्रेस सांसद संञ्जय गौतमले प्रश्न उठाएका थिए ।

report-card1-newskarobar