काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ताइपेईको एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

14.34K
shares

ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ ।
ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारीअनुसार ३३ बिरामीसहित ४४ जना अस्पतालभित्र रहेका बेला अागलागी हुँदा नाै जनाको ज्यान गएको छ ।

नौतले सरकारी अस्पतालको सातौं तलाबाट अागलागी सुरू भएको थियो । आगलागीपछि अस्पताल खाली गरिएको छ । आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना बिरामीलाई हृदयघात भएकोमा नाैजनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार सात जना उपचारपछि सामान्य अवस्थामा आएका छन् ।

आगलागीको कारण भने खुलेको छैन । अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताएका छन् । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्युज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धुवाँ बाहिर निकाल्ने उपकरणसमेत नहुँदा समस्या भएको प्रहरीले जनाएको छ ।