रुकुम पश्चिममा एक व्यक्तिले गरे छोरा र भाइको हत्या
वि.सं.२०७५ साउन ३० बुधवार १८:०७
shares

रुकुम पश्चिममा एक व्यक्तिले छोरा र भाइको हत्या गरेका छन् । मुसिकोट नगरपालिका-१४, लहरेखेतका ३७ वर्षीय शंकर विष्टले घरेलु हतियार प्रहार गरी ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेका हुन् । घरायसी विषयमा विवाद भएपछि शंकरले अन्धाधुन्ध आक्रमण गरेको प्रहरीले जनाएको छ ।
शंकरले प्रहार गरेको हतियारबाट १३ वर्षीय छोरा प्रकाश र १० वर्षीय दिनेशसमेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैंलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

























