global ime bank Long Banner Ad

गृहपृष्ठ सामूहिक बलात्कारपछि युवतीको हत्या

सामूहिक बलात्कारपछि युवतीको हत्या

सामूहिक बलात्कारपछि युवतीको हत्या

एक पछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भइरहँदा रुपन्देहीमा एक युवतीको बलात्कार पछि हत्या भएको छ । स्थानीयले दिएको जानकारी अनुसार रुपन्देहीको गैडहवा गाँउपालिका र शुद्धोधन गाँउपालिकाको सीमानामा पर्ने दानव नदीमा एक युवतीको शव फेला परेको हो ।

नाम र ठेगाना नखुलेको अन्दाजी २०/२२ वर्षकी युवतीलाई बहोरवा सामुदायिक बनको सालघारीभित्र बलत्कार गरि हत्या पश्चात नाङ्गो पारि दानवनदीमा शव फयाकिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेको गैडहवा गाँउपालिका– ६ का वडा अध्यक्ष रामबेलाश यादवले जानकारी दिए ।

उनले घटना दानवतापूर्ण तथा अमानवीय ढंगबाट गरिएको हुँदा जसरी पनि दोषी पत्ता लगाई कडा भन्दा कडा सजाय दिलाउनु पर्ने मागसमेत गरे ।

सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हृदय थापासँग जिज्ञासा राख्दा उनले युवतीको चुन्नी, शूट (कपडा) बहोरवा सामुदायिक जंगलभित्र र लाश दानवनदीको पानीभित्र नग्न अवस्थामा तैरिरहेको स्थनीयले देखेपछि प्रहरीलाई जानकारी दिएको बताए । ती युवतीको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात अनुसन्धान कार्य प्रहरीद्वारा अगाडी बढाइएको उनको भनाई छ ।

उक्त घटनाले सूर्यपूरा बजार आसपासको क्षेत्रमा सनसनी मच्चिएको छ । महिलाहरु एक्लै घर बाहिर निस्किन असुरक्षित महशूस गर्न थालेको खबर छ । यो खबर तयार पार्दा सम्म ती युवतीको शवको पहिचान हुन सकेको छैन । जसका कारण सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु