काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देहीमा बेचिन्छ खुलेअाम नक्कली हार्पिक

27.66K
shares

हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रुपन्देही प्रहरीले पत्ता लगाएको छ । नेपाली बजारमा वर्षौंदेखि बिक्री-वितरण हुँदै आएको हार्पिक ब्राण्डको सामाग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनीका प्रतिनिधिसहित ठूलो परिमाणमा नक्कली हार्पिकसमेत प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयाले नक्कली हार्पिक बजारमा बेच्दै गरेको अवस्थामा आइतबार गाडीसहित एक जनालाई पक्राउ गरेको थियो । बा १४ च ९६१२ नम्बरको गाडीसहित मकवानपुरी गाउँपालिका ६ मकवानपुरका २२ वर्षीय सुमनप्रसाद सापकोटालाइ शनिबार पक्राउ गरेको थियो । सापकोटाले मुर्गियामा रहेको बेलवासे किराना पसलमा नक्कली हार्पिकलाइ सक्कली हार्पिक भनेर पसलमा बेच्दै गर्दा व्यापारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरेको पसल संचालन शोभाखर बेलबासेले बताए ।

गण्डकी केमिकल्स प्रा.लि काठमाडौंको चलानी लिएर सामान बेच्न हिडेका सापकोटाले काठमाडौंबाट ५४० पिस हार्पिक लिएर आएको चलानीमा देखिए पनि प्रहरीले २२८ पिस हार्पिक मात्र फेला पारेको इलाका प्रहरी कार्यालय रंयौराका प्रहरी निरीक्षक केशब बहादुर बस्नेतले बताए । फेला पारेको नक्कली हार्पिकलाइ प्रहरीले नियन्त्रण गरेको छ । गण्डकी केमिकल्स प्रा.लिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको फर्मबाट के सामान उत्पादन गर्ने हो त्यो उल्लेख नगरेको प्रहरीले जनाएको छ ।

कम्पनिले बजारबाट हार्पिकका पुरानो बोटल ल्याई त्यसमा नक्कली हार्पिक हाली बजारमा बेच्ने गरेकोसमेत खुलासा भएको छ । भारतमा निर्मित हार्पिकको उत्पादक रेकेट बेन्काईजर इन्डिया लिमिटेडले २०४२ सालदेखि नेपालमा ट्रेडमार्क दर्ता गर्दै बिक्री गर्दै आएको छ । नक्कली सामान उत्पादन गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नक्कली उत्पादन गर्ने किर्ते ऐन अनुसार कारवाही गर्न हार्पिकका बुटवलका अधिकृत बिक्रेता युवराज आचार्यले माग गरे । लामो समयदेखि नक्कली हार्पिक बजारमा बिक्रि हुदै आएको थाहा पाएपछि अनुगमन गर्दै हेडेको आर बि आइ कम्पनीका प्रतिनिधि चन्द्रकान्त आचार्यले बताए ।