सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग खेल्ने
वि.सं.२०७५ भदौ २६ मंगलवार १४:३०
shares

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल्ने भएका छन् । सोमबार युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा आवद्ध गरेसँगै सन्दीपले एपिएलमा खेल्ने पक्का भएको हो ।
उनीलाई नान्गहरले १५ हजार अमेरिकी डलरमा आवद्ध गरेको हो । नेपालबाट सन्दीपसँगै पारस खड्का र सोमपाल कामीको नाम परेपनि बोलबोलाइमा सन्दीप मात्रै परे । एपिएल आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुनेछ ।
सन्दीपले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), ग्लोबल टि—ट्वान्टी क्यानडा र क्यारेबियन लिग (सीपीएल) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

























