काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हरितालिका तीज पर्व सुरु,आज दर खाने दिन

31.86K
shares

हरितालिका अघिल्लो दिन अर्थात् दर खाने दिन । तीजको पहिलो दिन लाई दर खाने दिन भनिन्छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली नारीहरुले दर खाँदै छन् । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ ।

महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् । दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् । आधुनिकतासँगै दर खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । तीजमा माइतीले छोरीरचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ ।

पछिल्लो समय तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गर्ने गरिएको छ । एक महिना अघिदेखि दर खाने चलन संस्कृतिका नाममा विकृति भएको संस्कृतिविद्हरु बताउँछन् ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।