काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था ‘गम्भीर’

12.52K
shares

 

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले जनाएको छ । बुधबार साँझ सो अस्पतालले बाजपेयीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टामा निकै गम्भीर देखिएको जनाएको हो । उनी विगत ९ हप्तादेखि सोही अस्पतालमा उपचाररत छन् ।

बाजपेयीलाई जीवन रक्षक प्रणालीमा राखिएको अस्पतालले जनाएको छ । बुधबार राति नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही मन्त्रीहरु अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

बाजपेयी भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका संस्थापकमध्येका एक हुन् । ९३ वर्षीय बाजपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन् ।