काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रोजगारी माग गर्दै अपांगता भएकाहरुले गरे सडक जाम

18.12K
shares

 

अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन् । रोजगारीको माग गर्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालय अगाडि सडकमा ट्राइसाइकल सहित धर्नामा बसेका थिए । भारतको जोगबनीबाट सामान ल्याएर गुजारा चलाउदा पनि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आफूहरुलाई रोजगारी दिन माग गर्दे धर्नामा बसेको मोहम्द कलामले बताए ।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको प्रकार हेरेर भत्ता उपलब्ध गराए पनि त्यो भत्ताले जिवीकोपार्जन हुन नसक्ने भन्दै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । जामका कारण केहीबेर सडक अवरुद्ध भएको थियो । सडक जाम गर्नुको साटो अन्य विकल्प अपनाएर आफ्ना माग राख्न भन्दै ट्राफिक प्रहरीले जाम खुलाएको थियो ।