काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साफ च्याम्पियनसिप : ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर

13.04K
shares

साफ च्याम्पियनसिपअन्तर्गत आज (बुधबार) हुने पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा अपराह्न पौने ४ बजे हुने प्रतिस्पर्धा नेपालका लागि इतिहास रच्ने अवसर हो ।

हालसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न नसकेको नेपालले साफमा माल्दिभ्सलार्इ कहिल्यै हराउन सकेको छैन । यी दुर्इ टिम ६ पटक आमनेसामने भएकोमा २ खेल बराबरीमा टुंगिएका छन् भने चार खेलमा माल्दिभ्स हावी भएको छ । बंगलादेशी भूमिमा माल्दिभ्सलार्इ हराउँदै नेपाल फाइनल यात्रा तय गर्ने तयारीका साथ मैदान उत्रिनेछ । नेपाल समूहमा विजेताका रूपमा सेमिफाइनल पुगेको हो ।

चिर प्रतिद्वन्द्वी माल्दिभ्सको खस्कँदो प्रदर्शनको फाइदा उठाउँदै इतिहास रच्न नेपाल आतुर देखिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने बताएका छन् । नेपाली युवा खेलाडीमा उच्च मनोबल, जोस र ऊर्जा रहेकाले नेपाली फुटबलले आज ऐतिहास उपलब्धि हासिल गर्नेमा उनी विश्वस्त देखिएका छन् ।

भाग्यले सेमिफाइनलमा पुगेको माल्दिभ्स भने नेपालविरुद्ध जितका शृंखला जारी राख्दै उपाधिनजिक पुग्ने दाउमा छ । प्रशिक्षक अलि अस्फाक सेमिफाइनलको नतिजा आफ्नो पक्षमा पार्दै टोलीलार्इ उपाधि दावेदारका रूपमा उभ्याउन चाहन्छन् ।

माल्दिभ्ससँग यसअघि १५ पटक भिडेको नेपालले चार खेलमा मात्र जित हात पारेको छ । चार खेल बराबरीमा सकिएका छन् भने सात खेल माल्दिभ्सले जितेको छ । दोस्रो सेमिफाइनलमा आजै पौने ७ बजे भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।