गृहपृष्ठ एएफसी यु –१६ महिला फुटबलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
एएफसी यु –१६ महिला फुटबलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
एएफसी यु –१६ महिला फुटबलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको लागि मैदान उत्रदै छ । हलचोकस्थित सशस्त्रको मैदानमा खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–० र दोस्रो खेलमा म्यानमारसँग ११–१ फराकिलो गोल अन्तरले पराजित भएको थियो । मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो ।
आजै ११ बजे फिलिपिन्स र म्यानमारबीच खेल हुँदैछ । फिलिपिन्स र म्यानमार समूहको शीर्ष दुईमा रहँदै अर्को बर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् ।
प्रकाशित समय : १६:०४ बजे



















