global ime bank Long Banner Ad

गृहपृष्ठ दशैँका लागि अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुल्ने

दशैँका लागि अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुल्ने

दशैँका लागि अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुल्ने

 

यसपालीको दशैँका लागि यही भदौ २४ गतेबाट अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । यातायात व्यवस्था विभागसँगको छलफलपछि यातायात व्यवसायीहरु भदौ २४ गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएका हुन् ।

कतिपय स्थानमा नयाँ काउन्टर राख्ने र बाँकी पुरानै काउण्टरबाट टिकट बिक्री हुने जनाइएको छ । गएको वर्षको दशैमा चलेका गाडी र यात्रुको तथ्याङक हेरेर सोही अनुसार गाडीको व्यवस्थापन गर्ने यातायात व्यावस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने, ‘केही गाडी थप्ने र काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही सवारी साधनलाईसमेत उपत्यका नजिकको रुटमा सञ्चालन गराउने तयारी छ ।’

हरेक वर्ष दशैंका लागि सय वटा नयाँ बस व्यवसायीमार्फत् नयाँ गाडी भित्रँदै आएको थियो । यस वर्ष भने धेरै नयाँ बस थपिने संभावना नभएको बताइन्छ । यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै यातायात व्यवसायीहरुले कम्पनी दर्ता गराउनु पर्ने प्रावधानको व्यवस्था गरिएको छ । धेरै व्यवसायीहरु कम्पनीमा नगएकाले नयाँ गाडी धेरै ल्याउने संभावना नरहेको बताइन्छ ।

 

भाडा बढाएर यात्रुको ढाड सेकिँदै
दशैँ नजिकिँदै गएपछि बस भाडा वृद्धिका लागि व्यापारीको दबाब बढेपछि केही भाडा बढाउने विषयमासमेत छलफल भएको छ । २०७० सालदेखि भाडा नबढेको भन्दै व्यवसायीहरुले बढाउनु पर्ने माग गर्दै आएका छन् । यसअघि २०७२ सालमा भाडा बढाए पनि सर्वसाधारणको दबाबका कारण बढाइएको भाडा फिर्ता गराइएको थियो ।

प्रवक्ता उपाध्ययले भने, ‘विभागले यातायतको लागत हेरेर वैज्ञानिक रुपले भाडा व्यवस्थापन गर्छ, आउँदो सोमबार यातायात व्यवयासी र विभागबीच छलफल हुनेछ ।’

यात्रु सहायता कक्ष राखिने
दशैँमा टिकट काट्न यातायत व्यवस्था विभागले ट्राफिक प्रहरीसँग समन्वय गरी विभिन्न बसपार्कमा यात्रु सहायता कक्ष राख्ने भएको छ । यात्रुहरुले सहज रुपमा टिकट पाउन् र यात्रु नठगिउन् भनेर सहायताकक्ष राखिने जनाइएको छ ।

‘मनोमानी भाडा नउठाउन् र यात्रुहरु नठगिउन् भनेर हरेक वर्षजस्तै हेल्पडेक्स राखिने छ,’ उपाध्यायले भने । विभागमा हालसम्म ३२ लाख २१ हजार ४३ वटा सवारीसाधन दर्ता भएका छन् । तिनमा ४८ हजार ४ सय ५८ ठूला बस, २४ हजार ८ सय ७२ मिनी बस, ६ हजार ६ सय ५७ माइक्रोबस छन् । तिनै सवारी साधनले दशैँमा यात्रुलाई सेवा पुर्याउने छन् ।

टिकट काट्न लाईनने बस्नुपर्ने
यसवर्ष अग्रिम टिकट बुकिङको लागि इ–टिकेटिङ् लागु नहुने भएको छ । विभागले दुई तीन वर्ष अघिदेखि नै इ–टिकेटिङको अवधारण ल्याएको थियो । इ–टिकट व्यवस्थामा भए घरमै बसेर टिकट लिन सकिने थियो । तर इ–टिकट बुकिङको लागि प्राविधिक तयारी नभएको विभागको भनाई छ ।

‘यसपटक तयारी नपुगेकोले यात्रुहरुले लाइनमै बसेर टिकट लिनु पर्नेछ,’ विभागका अधिकारीहरुले भने । अर्को वर्षदेखि जसरी पनि इ–टिकेटिङको व्यवस्था गरिने विभागको दावी छ ।

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु