global ime bank Long Banner Ad

गृहपृष्ठ महिलाले गर्भधारण गरेको र बच्चा जन्माएको पनि मूल्य तोक्नुपर्छ : सांसद कोइराला

महिलाले गर्भधारण गरेको र बच्चा जन्माएको पनि मूल्य तोक्नुपर्छ : सांसद कोइराला

महिलाले गर्भधारण गरेको र बच्चा जन्माएको पनि मूल्य तोक्नुपर्छ : सांसद कोइराला

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले महिला अधिकारसम्पन्न भइसकेकाले अब क्षमता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका–८ स्थित दिदीबहिनी समूहले शनिबार पोखरामा आयोजना गरेको महिला भेटघाट तथा दरखाने कार्यक्रममा सांसद कोइरालाले महिलाले राजनीतिमा धेरै अधिकार प्राप्त गरिसकेकाले अब क्षमता विकास गर्नुपर्नेमा जोड दिएकी हुन् ।

सांसद कोइरालाले महिलालाई नैतिकवान, उद्यमशील र व्यावसायिक बन्न सुझाव दिइन् । ‘महिला अब उद्यमशीलताबाट व्यावसायिक बन्नुपर्छ,’ उनले भनिन्, ‘समयमै आफ्नो क्षमता वृद्धि गर्न नसके हामी पछि पर्न सक्छौं,’ उनले भनिन् ।

महिलाले घरायसी काममा समय खर्चिंदाको अब मूल्य निर्धारण हुनुपर्ने सांसद कोइरालाको भनाइ छ । गर्भधारण गर्दा, बच्चा जन्माउँदा र दूध खुवाउँदाको समेत समय मूल्यांकन तथा मूल्य निर्धारण गर्नुपर्ने उनले बताइन् ।

पोखरा बाटुलेचौरकी छात्रा पुष्पा केसीको मृत्यु प्रकरणमा बलात्कार भने नभएको सांसद कोइरालाको दाबी छ । ‘विकृति–विसंगतिका कारण लगाएको पोसाकका कारण पनि महिलामाथि दुव्र्यवहार हुने गरेको छ,’ उनले भनिन्, ‘त्यसकारण आफ्ना छोराछोरीको सुरक्षाका लागि अभिभावक नै बढी जिम्मेवार हुनुपर्छ ।’ कार्यक्रम संयोजक रेनुका भण्डारीले महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा महिला एक–आपसमा भेटघाट गरी दुःखसुख साँटसाट गर्दै रमाइलो गरी मनाइएको बताइन् । तीज आउन दुई साता बाँकी छ ।

प्रकाशित समय : २३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु