global ime bank Long Banner Ad

गृहपृष्ठ गुण्डा नाइके दावा लामा पक्राउ, तरुण दलको विरोध

गुण्डा नाइके दावा लामा पक्राउ, तरुण दलको विरोध

गुण्डा नाइके दावा लामा पक्राउ, तरुण दलको विरोध

गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् । दावा भनिने जीतेन्द्र तामाङ दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा भारतमा पक्राउ परेका हुन् ।

लामा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बताइए पनि नेपाल प्रहरीले यसबारे केही बताएको छैन । नेपाली कांग्रेसको युवा दस्ता तरुण दल काभ्रेको अध्यक्षसमेत रहेका उनले अर्का गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह निर्माण गरेर गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ ।

यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामाको पक्राउप्रति आपत्ति जनाएको छ । लामाको धरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै उसले निःशर्त रिहाको माग गरेको छ ।

तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईंले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनका कर्मचारीले सोधपुछ गर्नुछ भनी नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको उल्लेख छ ।

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु