पुरुष फुटबलमा नेपाल समूह चरणबाट बाहिरियो
वि.सं.२०७५ भदौ ४ सोमवार १३:३५
shares

१८ औं एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।
नेपालले खेलको ११ औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए ।
७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि दुबैतर्फबाटा गोल हुन सकेन । यसअघि नेपाल जापानसँग १–० ले र भियतनामसँग २–० गोलले पराजित भएको थियो ।
























