रोनाल्डो बिना रियल मड्रिडको विजयी सुरुवात
वि.सं.२०७५ भदौ ४ सोमवार १३:४९
shares

स्पेनिस ला लिगा प्रतियोगितमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । क्रिस्टियानो रोनाल्डाले क्लब छोडेपछि मैदान उत्रिएको रियलले विजयी सुरुवात गरेको हो । गेटाफेलाई २–० ले पराजित गर्दै विजयी भएको हो ।
रियलका लागि ग्यारेथ बेल र डानीयल कार्भाजलले गोल गरेका थिए । जितसँगै रियलले तीन अंक जोडेको छ ।
























