global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश प्रमुखकाे सुझाव- २ नम्बरलार्इ समृद्ध प्रदेश बनाउनु पर्छ

प्रदेश प्रमुखकाे सुझाव- २ नम्बरलार्इ समृद्ध प्रदेश बनाउनु पर्छ

प्रदेश प्रमुखकाे सुझाव- २ नम्बरलार्इ समृद्ध प्रदेश बनाउनु पर्छ

दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ लाई समृद्ध बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । त्यसका लागि प्रदेशभित्रका स्रोत–साधनलाई समुचित प्रयोग गर्नुपर्ने कायस्थले बताए ।

कृष्ण जन्माष्टमीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवाकेन्द्र जनकपुरद्वारा आयोजित प्रवचनको आइतबार उद्घाटन गर्दै उनले समाजमा सद्भाव कायम राख्न भगवान श्रीकृष्णले अनुकरणीय कार्य गरी जनमानसमा समाज विकास र उत्थानका लागि पाठ सिकाएको बताएका थिए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सम्पूर्ण जीवन जनकल्याणमा लगाउने व्यक्ति नै महापुरुष हुने बताए । उनले भगवान श्रीकृष्णले अधर्म र अन्यायका लागि लडेर जनकल्याणको सन्देश दिएको बताए । प्रदेश सरकार पनि विभेद र अन्यायका विरुद्ध लड्दै आएको उनको भनाई थियो ।

झाँकी सहितको उक्त कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुर र सगरमाथाका प्रमुख सृजना दिदी, पूर्व नगर प्रमुख बजरँग साहलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय : २३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु