एसिया कप छनोट : नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य
वि.सं.२०७५ भदौ १९ मंगलवार १६:५४
shares

एसिया कप छनोटको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । मलेसियाको युएम वाइएसडी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाउन सक्यो । जित्नैपर्ने दबाब रहेको नेपालको ब्याटिङ खासै चल्न सकेन ।
पहिलो खेलमा ओमान र देस्रो खेलमा यूएईसँगको खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक मलेसिया र चौथो खेलमा सिंगापुुरविरुद्ध जित निकालेको थियो ।
























