global ime bank Long Banner Ad

गृहपृष्ठ निरन्तर उकालो लाग्दै सेयर बजार

निरन्तर उकालो लाग्दै सेयर बजार

निरन्तर उकालो लाग्दै सेयर बजार

गत साताको बिहीबारदेखि उकालो लाग्न थालेको सेयर बजार चौथो दिन मंगलबार पनि बढेको छ । बिहीबार ९.३९ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबार ८.५९ अंकले उकालो लागेको थियो ।

सोमबार कारोबार रकम र सेयर बजार परिसूचक दुवैमा उच्च वृद्धि भएको थियो । आइतबार ३० करोडको कारोबार भएको बजारमा सोमबार ५४ करोडको कारोबार भएर १५ अंकको वृद्धि आएको थियो ।

मंगलबार पनि बजार उकालो लागेको छ । मंगलबार नेप्से ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको हो । मंगलबार बैंक, होटल, विकास बैंक, वित्त, निर्जीवन बिमा कम्पनी र अन्य समूह उकालो लागेपछि समग्र बजार परिसूचक बढेको हो । १७२ कम्पनीको ५२ करोड ७५ लाखबराबरको १७ लाख ७५ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

बढेको बजारमा काबेली विकास बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक, सिभिल बैंकलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय : ०२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु