गृहपृष्ठ नेप्से ११ अंकले बढ्यो, ९१ करोडको कारोबार

नेप्से ११ अंकले बढ्यो, ९१ करोडको कारोबार

नेप्से ११ अंकले बढ्यो, ९१ करोडको कारोबार

आइतबार सेयर परिसूचक नेप्से ११ अंकले बढेको छ । नेप्सेमा सूचिकृत सबै समूह उकालो लागेपछि समग्र नेप्से परिसूचक ११.६९ अंकले बढेर १२५६.०५ पुगेको छ ।

नेप्सेमा सूचिकृत बैंक, होटल, बिमा, हाइड्रोलगायतका सबै समूह उकालो लागेका छन् । नेप्सेसँगे कारोबार रकम पनि उल्लेख्य बढेको छ । आइतबार १ सय ६६ कम्पनीको ३० लाख ७० हजार दुई ३१ कित्ता सेयर ९१ करोड ५२ लाख रुपैयाँमा किनबेच भएको छ ।

तीन सातादेखि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । सेयर मूल्य समायोजनसँगै निम्न बिन्दू नजिक पुगेको नेप्सेमा लगानिकर्ताको आकर्षण बढेपछि बजार उकालो लाग्न थालेको हो ।

प्रकाशित समय : ०१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु