गृहपृष्ठ सञ्चारिकाको अध्यक्षमा नितु पण्डित
सञ्चारिकाको अध्यक्षमा नितु पण्डित
सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित निर्वाचित भएकी छन् ।
सातौं महाधिवेशनबाट पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा निर्वाचित भएका छन् । महाधिवेशनले लैगिंकमैत्री सञ्चारगृह हुनुपर्ने लगायतका ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
प्रकाशित समय : ०१:४८ बजे


















