गृहपृष्ठ बंगुर व्यवसायीद्वारा कृषिमन्त्रीलाई ज्ञापन

बंगुर व्यवसायीद्वारा कृषिमन्त्रीलाई ज्ञापन

बंगुर व्यवसायीद्वारा कृषिमन्त्रीलाई ज्ञापन

बंगुर व्यवसायी संघ प्रदेश नम्बर ५ का समितिले आफ्ना विभिन्न माग समेटेर प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आईतबार समितिका अध्यक्ष लिल बहादुर सूर्यवंशीको संयोजकत्वमा गएको टोलीले मन्त्री काठमाडौंमा रहेकाले प्रदेश सचिव यम नारायण देवकोटामार्फत माग पत्र बुझाएको हो ।

माग पत्रमा नेपाली जनशक्तिलाई सहजरुपमा रोजगारी प्रदान गर्ने बंगुर व्यवसायीहरुलाई प्रदेश सरकरले महत्वको साथ हेर्न आग्रह गरिएको छ । बीस बुँदामा समेटिएको ज्ञापन पत्रमा प्रदेशमा एउटा बंगुर औद्योगिक पार्क बनाउन माग गरिएको छ । त्यसै गरी दाना उद्योग, एक बंगुरको छुट्टै बधशाला, बंगुरमा कृत्रिम गर्भाधान(एआई)को व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै बंगुरको मासु संकलनको लागि संकलन केन्द्र स्थापना गर्नुपर्ने, पाठापाठी संकलन केन्द्र, जिउँदो बंगुर ओसार पसारको लागि सहज व्यवस्था मिलाउन माग गरिएको छ ।

प्रकाशित समय : ०२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु