global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६२ पुग्यो

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६२ पुग्यो

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६२ पुग्यो

नेपाल र माडागास्करले औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६२ पुगेको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए ।

माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो हिन्द महासागरमा अवस्थित द्वीप मुलुक हो । माडागास्कर विश्वकै चौथो ठूलो द्वीप हो । यसको राजधानी अन्तनानरिभो हो र यस मुलुकमा सन् २०१६ मा दुई करोड ४८ लाखभन्दा बढी जनसङ्ख्या भएको अनुमान गरिएको थियो ।

संयुक्त राष्ट सङ्घको मुख्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुँदा परराष्ट्रमन्त्री ज्ञवालीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।

(रासस)

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु