गृहपृष्ठ निर्मला हत्याकाण्ड सरकारले ढाकछोप गर्यो : पौडेल
निर्मला हत्याकाण्ड सरकारले ढाकछोप गर्यो : पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
बिहिबार युरोप भ्रमणबाट फर्किएका नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग नेता पौडेलले निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
उच्चस्रतीय समितिले छानबिन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर, सो प्रतिवेदन सार्वजनिक गरिएको छैन । नेता पौडेलले प्रतिवेदन सार्वजनिक नगरेर निर्मला हत्याकाण्ड ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए ।
नेता पौडेलले बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई बनाउन दिने सरकारको निर्णयको समेत आपत्ति जनाए ।
प्रकाशित समय : १८:४९ बजे


















