global ime bank Long Banner Ad

गृहपृष्ठ भुक्तानी नपाएपछि उखु कृषकले दिए आन्दोलनको चेतावनी

भुक्तानी नपाएपछि उखु कृषकले दिए आन्दोलनको चेतावनी

भुक्तानी नपाएपछि उखु कृषकले दिए आन्दोलनको चेतावनी

पश्चिम नवलपरासीका कृषक उखुको भुक्तानीबाट वञ्चित भएका छन् । चिनी उद्योगले कृषकलाई ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि कृषक आन्दोलनको तयारीमा जुटेका छन् ।

कृषकले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् ।

उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट कृषकले भुक्तानी पाउन बाँकी छ ।

वाग्मती चिनी मिलले रु २६ करोड, इन्दिरा सुगर मिलले रु १७ करोड तथा लुम्बिनी चिनी मिलले रु दुई करोड भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्दुप्रसाद बरइले जानकारी दिए ।

‘उखु क्रसिङ गरेको ६ महीना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्’, कृषकले प्रतिक्विन्टल रु ५३६ का दरले भुक्तानी पाउन बाँकी छ ।

जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिन्छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।
(रासस)

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु