गृहपृष्ठ पर्यटकहरुलाई स्वागत गरेर मनाइयो पर्यटन दिवस
पर्यटकहरुलाई स्वागत गरेर मनाइयो पर्यटन दिवस
विराटनगरमा ३९ औं विश्व पर्यटन दिवस पर्यटकहरुलाई स्वागत गरेर मनाइएको छ । बिहिबार विराटनगर पुगेका पर्यटकलाई स्वागत गरेर दिवस मनाइएको हो । भारतीय सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएका पर्यटकलाई दिवसको अवसरमा स्वागत गरिएको छ ।
विराटनगर भन्सार क्षेत्रमा कार्यक्रमको आयोजना गर्दै सरकारी प्रतिनिधि, पर्यटन र होटल आवद्ध व्यवसायी तथा प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिएका पर्यटकहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको उद्योग वाणिज्य महासंघका पर्यटन संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए।
पर्यटन दिवसका अवसरमा पर्यटक स्वागत कार्यक्रम एफएनसीसीआई, विराट एशोसिएसन अफ ट्राभल एजेन्ट,क्षेत्रीय होटल संघ र नाटाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
प्रकाशित समय : २१:०९ बजे

















