गृहपृष्ठ श्रीलंका रुबेला मुक्त घोषित
श्रीलंका रुबेला मुक्त घोषित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले श्रीलंकालाई रुबेला मुक्त देश घोषणा गरेको छ । मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बिहीबार जानकारी दिए ।
श्रीलंकालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलंकाका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गरेका थिए ।
श्रीलंकालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने यसअघि सन् २०१५ मै घोषणा गरिएको थियो ।
प्रकाशित समय : १६:१४ बजे



















