गृहपृष्ठ नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने
नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने
नेपालले अब चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल–चीन प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।
सन् २०१६ मा नेपाल र चीनबीच पारवाहन सम्झौता भएको थियो सोही सम्झौता अनुरुप नेपाल र चीनको प्रोटोकलमा हस्ताक्षर भएको हो । बिहीबार भएको उक्त सम्झौताअनुसार नेपालले तेस्रो मुलुकबाट चीन हुँदै बस्तु अयात गदा त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउनेछ ।
नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया पाक्रिया पारवहनसँग सम्बन्धी विविध विषयमा पनि सम्झौता भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइएको हो ।

प्रकाशित समय : १६:०७ बजे



















