गृहपृष्ठ मीना सृजनशील समावेशी पत्रकारिता पुरस्कारबाट मगर पुरस्कृत
मीना सृजनशील समावेशी पत्रकारिता पुरस्कारबाट मगर पुरस्कृत
पत्रकार सारु मगर मीना सृजनशील समावेशी पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री किरण गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पत्रकार मगरलाई सम्मान पत्रसहित पृरस्कृत गरेका हुन् ।
पुरस्कारका राशि २० हजार रुपैयाँ छ । पत्रकार मगर २०५१ सालदेखि रेडियो नेपालमा कार्यरत छन् । पुरस्कार गण्डकी प्रदेशका सांसद तथा सौन्दर्यकर्मी÷सञ्चारकर्मी मीना गुरुङबाट स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित छ ।
प्रकाशित समय : १७:०७ बजे



















