global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएको हुन ।

उनका अनुसार स्वदेश फर्काइने समूहमा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका आठ इरानी मछुवा तथा हालै अमेरिकी अधिकारीले नियन्त्रणमा लिएको ‘लेनोर÷डेभिना’ नामक जहाजका २२ इरानी चालक दलका सदस्य रहेका छन् ।

ती दुवै समूह आगामी केही दिनभित्र कराँची हुँदै इरान फर्कने अपेक्षा गरिएको दारले बताए ।

उनले इरानी नागरिकको सुरक्षित पारवहन तथा शीघ्र स्वदेश फिर्ती सुनिश्चित गर्न पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गरिरहेको बताए ।

पाकिस्तान मानवीय सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै दारले इरानी नागरिकलाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।रासस

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु