global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहटमा नर्सहरू असुरक्षित, सुरक्षाको लागि प्रहरीलाई गुहार्दै

रौतहटमा नर्सहरू असुरक्षित, सुरक्षाको लागि प्रहरीलाई गुहार्दै

रौतहटमा नर्सहरू असुरक्षित, सुरक्षाको लागि प्रहरीलाई गुहार्दै

रौतहटको गरुडा नगरपालिकाको महम्मदपुर स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा कार्यरत नर्सहरुले सुरक्षाको माग गरेका छन् । होम डेलिभरिका लागि घर–घरमा नआएको भन्दै स्थानीयले आक्रमणको प्रयास गरेको भन्दै नर्सहरुले सुरक्षाको लागि प्रहरी कार्यलयमा निवेदन दिएका छन् ।

वर्थिङ सेन्टरमा कार्यरत नर्स मीरा धिताल लगायतका ४ जना नर्सले सुरक्षाको माग गर्दै बुधबार प्रहरी चौकी गरुडा पुगेर निवेदन दिएका हुन् । होम डेलिभरिका लागि घर–घरमा नआएको निहुँमा स्थानीय हरीनारायण गुप्ता लगाएतको समूहले आक्रमणको प्रयास गरेको नर्सहरुले गुनासो गरेका छन् ।

घरमै गएर प्रसूति सेवा दिन इन्कार गरेको विषलाई लिएर स्थानीयले धम्काउने गरेको भन्दै नर्सहरुले उजुरी दिएको गरुडा प्रहरीले न्यनुजकारोबारलाई जानकारी दिएको छ । नर्सहरुले स्थानीय हरिनारायण गुप्ता, बिटु गुप्ता र उमेश यादव विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

स्वास्थ्य संस्थामा रहेको अरु स्वास्थ्यकर्मीले पनि धम्काउने गरेको पीडित नर्सहरुले बताएका छन् । उजुरी परेपछि प्रहरीले एक जनलाई पक्राउ गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्वास्थ्य संस्थामा दिनहुँ ९–१० जना महिला प्रसूति सेवाका लागी पुग्ने गरेका छन् ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु