global ime bank Long Banner Ad

गृहपृष्ठ अनिवार्य तथा निशुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

अनिवार्य तथा निशुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

अनिवार्य तथा निशुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

अनिवार्य तथा निशुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणिकरण गरेसँगै बिधेयकले काननुनी रुप पाएको छ । विधेयक अब राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा कार्यन्वयनमा अउने छ । संविधानको धारा ३१ को उपधारा २ मा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्म निशुल्कको व्यवस्था रहेको छ ।

संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि व्यवस्था गरिएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा आफ्नो बच्चालाई ८ कक्षासम्म नपढाउने अभिभावक अयोग्य हुने व्यवस्था गरिएको छ । अब संघ, प्रदेश वा स्थानीय तहको कुनै पनि सेवा, स्वामित्व र अनुदान लिन छोराछोरीलाई ८ कक्षासम्म पढाएको प्रमाण पेश गर्नुपर्ने भएको छ ।

राष्ट्रपति भण्डारीले शिक्षा विधेयक सहित अन्य १६ ओटा बिधेक पनि प्रमाणिकनरण गरेकी छिन् । असोज २ गते भित्रै संविधानमा भएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयकहरु प्रमाणित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रपतिले ती विधेयकहरु प्रमाणिकरण गरेकी हुन् । गत शनिवार प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पास गरेको थियो ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु