काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डले भने- प्रधानमन्त्रीले जे भन्नुभयो त्यही हो

16.09K
shares

 

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पुनर्गठनका सम्बन्धमा कुनै तयारी नभएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री ज्यूले जे भन्नुभयो, त्यही आधिकारिक कुरा हो, फेरबदल गर्ने सोचाई छैन ।’ मन्त्रीहरूले गल्ती गरेमा कारवाही गर्ने भन्दै प्रचण्डले यसलाई सरकार पुर्नगठनको विषयमा नबुझ्न आग्रह गरे ।

केही दिनअघि सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले मन्त्रीहरू हेरफेर हुनसक्ने संकेत गरेका थिए । त्यसपछि सञ्चारमाध्यममा मन्त्रीमण्डल पुर्नगठनको विषयले चर्चा पाउदै आएको छ । शनिबार काठमाडौंमा ओयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीहरू हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका थिए ।

फरक प्रसँगमा प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको पनि बताए । नेपालमा स्थिरता, शान्ति र समृद्धि होस् भन्ने भारतीय चाहना आफूले पाएको उनको भनाई छ ।