global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री नै संविधानको विरोध गर्दै सडकमा उत्रिए

मन्त्री नै संविधानको विरोध गर्दै सडकमा उत्रिए

मन्त्री नै संविधानको विरोध गर्दै सडकमा उत्रिए

सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश सरकारका मन्त्री भने संविधानको विरोध कार्यक्रममा सहभागी भएका छन् ।

प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह विरोध कार्यक्रममा सहभागी भएका हुन् ।

बुधबार संविधान दिवसको दिन मन्त्रीकै अगुवाइमा विरोध प्रदर्शन भएको हो । यसअघि जनकपुरमै प्रदर्शनमा उत्रिएका सिके राउतका दुई सयबढी कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

राउतका कार्यकर्ताका पछिपछि राजपाका नेता तथा कार्यकर्ताले संविधानको विरोध गर्दै जुलुस निकालेका हुन् । तीन वर्षअघि संविधानसभाबाट बनेको संविधान त्रुटिपूर्ण भन्दै आएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

प्रकाशित समय : ००:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु