काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला च्याम्पियनसिप छनौटमा मेडिसिटीको आकस्मिक स्वास्थ्य सेवा

11.13K
shares

१६ वर्ष मुनिको एएफसी महिला च्याम्पियनसिप छनौंट २०१९ अन्तर्गतको खेलमा नेपाल मेडिसिटी अस्पतालले ग्राउन्ड सपोर्ट गर्ने भएको छ । मंगलबार एन्फा र अस्पतालबीच भएको सम्झौता अनुसार असोज ३ गते देखि ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिपको क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका लागि नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गर्ने भएको हो ।

मंगलबार गरिएको सम्झौतामा मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका हुन् ।

२०१९ मा हुने एएफसी अण्डर १६ महिला फुटबलको छनौटका लागि समुह इ अन्तर्गत हलचोक मैदानमा जारी खेलमा नेपाल लगाायत म्यानमार, फिलिपिन्स र मलेसियाको सहभागिता छ ।

खेलाडिहरुको उपचारका लागि मेडिसिटीको अत्याधुनिक एसिएलडब्लु एम्बुलेन्स, मोबाइल क्लिनिक, प्यारामेडिक्स सहितको मेडिकल टिम मैदानमा तयारी अवस्थामा रहेको छ । साथै मैदानमा घाइतेहरुको आकस्मिक उपचार गरिने र आवश्यक परेको खण्डमा अस्पतालमै पु¥याएर सेवा दिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

खेलमा हरेक किसिमको उपचार दिन अस्पताल तयार रहेको महाप्रबन्धक रिमालको भनाई छ । मैदानमा दुर्घटना निम्तिएको अवस्थामा विशेष उपचारका लागि पूर्णरुपमा तयार रहेको रिमालले बताए । नेपालको सहभागिता रहेको अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा मेडिकल पार्टनर रहन पाएकोमा रिमालले खुसी व्यक्त गरे ।

anfa-medicity-newskarobar