काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संविधान दिवसमा कांग्रेसको सरकारविरुद्ध ११ आरोप

11.28K
shares

नेपाली कांग्रेसले संविधान दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै सरकारको कडा आलोचना गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले ११ बुँदामा सरकारको आलोचना गरेको हो ।

संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले ‘सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको’ आरोप लगाए ।

संघीयतासहितको संविधान बनेर तीन तहका सरकार गठन भए पनि केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको कांग्रेसको आरोप छ । प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ ।

‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

सरकार संविधान पालना र संविधानप्रति अपनत्व विस्तारमा चुकेको कांग्रेसको आरोप छ । यस्तै संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसले बताएको छ ।

प्रवक्ता शर्माले संविधान कार्यान्वयनको आधार अधुरै रहेको बताए । सरकारकै कमजोरीका कारण संविधान दिवसको अवसरमा कतै कालो दिवससमेत मनाएका दृश्य देखिएको प्रवक्ता शर्माले बताए ।