दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान
वि.सं.२०७५ असोज ५ शुक्रवार १३:१२
shares

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने भएको छ । यसअघि महासंघले आज शुक्रबारबाट टिकट बुकिङ गर्न सहमति जनाएको थियो ।
मूल्यबृद्धि फिर्ता लिन महासंघले सरकारकलाई ४८ घण्टे अल्टिमेटमसमेत दिएको थियो । व्यवसायीको मागमा सरकारले कुनै चासो नदिँदा आजदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णयमा पुगेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । मूल्यबृद्धिले गाडि चलाउनै नसक्ने अवस्था आएको उनको दाबी छ ।
यता राजधानीबाट दशैंका लागि घर जान टिकटको पर्खाईमा बसेका यात्रु भने अन्योलमा परेका छन् । आयाल निगमले केही दिनअघि मात्रै इन्धनको मूल्य बढाएको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढेको छ ।

























