मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
वि.सं.२०७५ मंसिर २० बिहीवार १५:५२
shares

चितवनको भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

























