काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रेनो एक्सचेन्ज क्याम्प, अब तपाईंको सहरमा

11.42K
shares

नेपालमा रेनोको आधिकारिक वितरक, एड्भान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले रेनो २०७५ मंसिर २० गतेदेखि नेपालभर रेनो एक्सचेन्ज क्याम्प सुरु गरेको छ । ‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’ भन्ने ट्यागलाइनका साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र याप्चर मोडलमा एक्सचेन्ज सुविधा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अभियानले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, दुई वर्षसम्मको लागि फ्रि सर्भिसिङ, निःशुल्क एसेसोरिज, एक आर्थिक वर्षभरका लागि सडक कर फ्री, इजी फाइनान्स सुविधालगायत सेवा उपलब्ध गराएको छ । ग्राहकले प्रत्येक टेस्ट ड्राइभ गरेबापत आकर्षक उपहार जित्ने कम्पनीले जनाएको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने क्याम्पमा रेनो एक्सपेरियन्सले ग्राहकलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारका बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको अवसर प्रदान गर्नेबारेमा जानकारी प्रदान गर्नेछन् ।