काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तिम दिन २ अंकले बढ्यो सेयर बजार

11.93K
shares

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक सकारात्मक बनेको छ । ब्याजदर वृद्धिका कारण लगातारजसो ओरालो लागेको बजार बिहीबार २.७ अंकले बढेर ११२०.८४ अंकमा उक्लिएको हो । बुधबार नेप्से २२ अंकले घटेको थियो ।

बिहीबार जलविद्युत र उत्पादनमूलकबाहेकका सबै समूह उकालो लागेका छन् । बैंक, होटल, विकास बैंक, वित्त, निर्जीवन कम्पनी, अन्य, लघुवित्त र जीवन कम्पनी समूह बढेपछि नेप्से सकारात्मक बनेको हो ।

नेप्से बढे पनि कारोबार रकम सामान्य घटेको छ । बिहीबार १६२ कम्पनीको ३७ करोड ९ लाख रुपैयाँबराबरको १३ लाख ७४ हजार ३४६ कित्ता सेयर किनबेच भएको छ । बुधबार ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो । बढेको बजारमा आइएमई जनरल इन्स्योरेन्स, अपी पावर कम्पनी, सूर्यलाइफ इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् ।