काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एभरेष्ट प्रिमियर लिग (इपीएल)को ट्रफी सार्वजनिक

18.19K
shares

शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ ।

विराटनगरको कप्तानी पारस खड्का तथा ललितपुरको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । राउण्ड रोविन लिगमा उद्घाटनको अर्को दिनदेखि दुई÷दुई खेल हुने इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंङ्स ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । इपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।