काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल इन्स्योरेन्सद्वारा चितवन टाइगर्सका खेलाडीको बिमा

19.13K
shares

नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले एभरेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बिमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गतेसम्म सञ्चालन हुने लिगमा नेपाल इन्स्योरेन्सले चितवन टाइगर्सका खेलाडीको स्वास्थ्य र दुर्घटना बिमा गरेको हो ।

सम्झौतापत्रमा नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक विक्रान्त पाण्डे र चितवन टाइगर्सका प्रतिनिधिबीच हस्ताक्षर भएको छ । तेस्रो एभरेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालमा क्रिकेट खेलको बढ्दो लोकप्रियतालार्इ मध्यनजर गर्दै खेलाडीको बिमा गरिएको नायब महाप्रबन्धक पाण्डेले जानकारी दिए । खेलाडीको बिमाले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, आयरल्यान्डका पल स्टर्लिङ र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीको साथ ‘रोर रोर चितवन टाइगर्स’को नारा लिएर टुर्नामेन्टमा सहभागी हुँदै छ ।