महासमिति बैठकमै एक करोड खर्च हुने कांग्रेसको अनुमान
वि.सं.२०७५ मंसिर २५ मंगलवार २१:३०
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी महासमिति बैठकमा एक करोड खर्च हुने अनुमान गरेको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यकिन खर्च महासमिति बैठक सकिएपछि मात्र भन्न सकिए पनि अनुमानित रूपमा एक करोड खर्च हुने अनुमान गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस्तो बताएका हुन् । ‘खानपानदेखि सबै कुरामा करिब एक करोड बराबर खर्च हुने भन्ने हाम्रो अनुमान छ,’ शर्माले भने, ‘खास खर्च महासमिति बैठक सकिएपछि मात्रै भन्न सकिन्छ ।’
सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा महासमिति बैठक हुने जानकारी दिएका शर्माले त्यसको सबै पूर्व तयारी पूरा भएके बताए । तोकिएकै समयमा महासमिति बैठक हुने बताउँदै उनले प्रतिनिधिहरू अउने क्रम सुरू भइसकेको जानकारी दिए ।

























