सेयर बजार बिहीबार पनि बढ्यो, यो साता ३० अंकको वृद्धि
वि.सं.२०७५ मंसिर २७ बिहीवार २१:०९
shares

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार पनि उकालो लागेको छ । बिहीबार नेप्से ७.६ अंकले बढेर ११४८.७८ अंकमा उक्लिएको हो । यससँगै साताभरमा नेप्सेमा करिब ३० अंकको वृद्धि भएको छ ।
नेप्से परिसूचक बढे पनि ब्याजदर वृद्धिका कारण लगानीकर्तामा अन्योल भने कायमै रहेको कारोबार रकमले देखाएको छ । यसले सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ता प्रवेश नगरिसकेको देखाउँछ । साताको सुरुमा सेयर कारोबार रकम केही उत्साहजनक देखिए पनि अन्तिम तीन दिन निराशाजनक रह्यो ।
बिहीबार १५४ कम्पनीको ३२ करोड ३७ लाख रुपैयाँबराबरको ९ लाख ९७ हजार ६७२ कित्ता सेयर किनबेच भएको छ । बुधबारको तुलनामा भने यो धेरै हो । बुधबार करिब २७ करोडको सेयर कारोबार भएको थियो । बिहीबार नागबेली लघुवित्त, लक्ष्मी लघुवित्त, रैराङ हाइड्रोपावरलगायत कम्पनीका सेयर मूल्य धेरै बढेको छ ।

























