काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवाह पञ्चमीको फोहोर नउठाउँदा जानकी मन्दिर दुर्गन्धित

14.22K
shares

राम-जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी भएका श्रद्धालु भक्तजनले गरेको फोहोर समयमै सफाइ हुन नसक्दा जानकी मन्दिर दुर्गन्धित भएको छ । करिब १० लाख भन्दा बढी श्रद्धालु भक्तजन विवाह पञ्चमिमा सहभागी भए भनेर खुसी भइरहँदा तिनै श्रद्धालुले गरेको फोहोरका कारण जानकी मन्दिर दुर्गन्धित भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, सीता-राम विवाह पञ्चमी महोत्सव समितिलगायतका सरोकारवाला निकायले समयमै फोहोर व्यवस्थापन गर्न नसक्दा जानकी मन्दिर दुर्गन्धित बनेको हो । खानेपानी, वासस्थान, शौचालय जस्ता आवश्यक पूर्वाधारको अभावमा श्रद्धालुले जताततै फोहोर गरेका छन् ।

व्यवस्थापन पक्षाले समयमै यस्ता अवश्यकीय पूर्वाधार निर्माणा नहुँदा महोत्सव नसकिँदै दुर्गन्ध फैलन थालेको वरिष्ठ पत्रकार रामभरत साह बताउँछन् । शौचालय अभावले श्रद्धालु जथाभावी खुल्ला स्थानमै शौच गर्न बाध्य भएको साहको भनार्इ छ ।

janaki-mandir-newskarobar

साहका अनुसार यस पटक भक्तजनको संख्या बढ्ने अनुमान आयोजकले पहिलेदेखि गरेको थियो । तर, त्यस अनुरूपको व्यवस्थापन नगरिँदा अहिलेको समस्या देखिएको उनले बताए । आयोजक र सम्बन्धित सरोकारबालाहरु यसको व्यवस्थापनमा चुकेको उनले बताए ।

अहिले जानकी मन्दिरकै अगाडि तेलहा मरहा पोखरीदेखी चोक चोकमा दिसापिसाबले दुर्गन्ध फैलन थालेको छ । तर, सफाइ हुने छाँट काँट देखिएको छैन । सफाइको त कुरै छाँडौं दुर्गन्ध हटाउन सोडा, चुना समेत छर्न नसकेकाले गर्दा आफूहरुलाइ पसलमा नाक थुनेर बस्नु परेको जानकि चौकका पसल सञ्चालक सन्जय साहले बताए ।